Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

'हङकङ क्रिकेट सिक्सेस' का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

'हङकङ क्रिकेट सिक्सेस' का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

बुधवार , कार्तिक ७, २०८१

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले ‘हङकङ क्रिकेट सिक्सेस’ का लागि नेपाली टोली घोषणा गरेको छ ।

क्यान ले सन्दीप जोराको कप्तानीमा सात सदस्यीय टोली घोषणा गरेको हो ।

नेपाली टोलीमा जोरासँगै नारायण जोशी, प्रतिस जिसी, रशिद खान, लोकेश बम, विवेक यादव र दीपेन्द्र रावत छन् । नेपाली टोलीको प्रशिक्षकमा पूर्वक्रिकेटर ज्ञानेन्द्र मल्ल छन् ।

हङकङ क्रिकेट सङ्घको आयोजनामा हुने प्रतियोगिता आउँदो नोभेम्बर १ देखि ३ सम्म हङकङमा हुनेछ । ‘हङकङ क्रिकेट सिक्सेस’ मा नेपाल समूह ‘बी’ मा छ ।

प्रतियोगितामा टेस्ट क्रिकेट खेल्ने ८ सहित १२ वटा टोली छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077