Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

वेष्ट इण्डिजका एण्डरसन फिलिपले पोखराबाट एनपीएल खेल्ने

वेष्ट इण्डिजका एण्डरसन फिलिपले पोखराबाट एनपीएल खेल्ने

बुधवार , कार्तिक ७, २०८१

काठमाडौं । पोखरा एभेन्जर्सले वेस्ट इण्डिजका एन्डरसन फिलिपलाई टोलीमा अनुबन्ध गरेको छ।

नेपाल प्रिमियर लिग (एनपिएल)का लागि पोखरा एभेन्जर्सले तेस्रो विदेशी खेलाडी भित्र्याएको हो।

पोखराले अमेरिकाका आन्द्रेस गौस र नेदरल्यान्ड्सका क्रिकेटर बास डी लिडेलाई टोलीमा अनुबन्ध गरिसकेको छ।

नेपाल राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की रहेको पोखरा एभेन्जर्समा अनुबन्ध भएका २८ वर्षीय त्रिनिडाडियन क्रिकेटर एन्डरसन फिलिपले वेस्ट इण्डिज टिमबाट थुप्रै अन्तर्राष्ट्रिय खेल खेलेका छन्।

उनी फास्ट बलर हुन्। पहिलो संस्करणको एनपीएद्य आगामी मंसिर १५ देखि पुष ६ गतेसम्म आयोजना हुँदैछ । जसमा पोखरासहित ८ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077