Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

समीर भट्टबारे सन्तोष सेन भन्छन् - फिल्म क्षेत्रमा समीरको उदय बालेनको जस्तै हो

समीर भट्टबारे सन्तोष सेन भन्छन् - फिल्म क्षेत्रमा समीरको उदय बालेनको जस्तै हो

बुधवार , कार्तिक ७, २०८१

काठमाडौं । निर्माता तथा निर्देशक सन्तोष सेनले फिल्म क्षेत्रमा समीर भट्टको उदय मेयर बालेन्द्र साह (बालेन)को उदयजस्तै भएको बताएका छन्।

सामाजिक संञ्जाल फेसबुकमा भिडियो राख्दै निर्देशक सेनले यस्तो बताएका हुन् ।

निर्देशक सेनले फिल्म क्षेत्रमा समीर भट्टको उदय काठमाडौं महानगरपालिकाका मेयर बालेनको उदयसँग तुलना गरेका छन्।

निर्देशक सेनले भने, 'समीर भट्टको उदय भनेको महानगरमा बालेन्द्र साहको उदय भएजस्तै हो। उनी पूर्ण रुपमा तयार भएर आएका मान्छे हुन्। तर कोहि पनि खुशी छैनन्। जसरी महानगरमा बालेनको उदय भएको थियो, त्यस्तै उदय समीर भट्टको हो । पूर्णरुपमा तयार भएर आएको थियो तर इन्डस्ट्रीको एकजनाले पनि उसलाई सपोर्ट गरेन ।’

उनले समीर भट्टको उदयमा कसैले साथ नदिएको पनि बताए। समीरको आगमनलाई लिएर फिल्म उद्योगका कोही पनि खुसी नरहेको उनले बताए ।

विराज भट्टजस्तो सुपरस्टारले आफ्नो छोरालाई १०/१५ वर्षसम्म तयार पारेर विश्व के हो भनेर हिंड्ने डुल्ने उमेरमा ट्रेनिङमा हालेर योद्धा बनाउनु चानचुने कुरा नभएको पनि निर्देशक सेनले बताए ।

भट्टद्धारा निर्देशित फिल्म १२ गाउले देशैभर सफलता हासिल गरेको छ । विराजका छोरा समीरले १२ गाउमा अभिनय गरेर सुरुवातमै दर्शकहरुको मन जितेका छन् ।

उनले समीर भट्ट नेपाली फिल्मलाई विश्वमा चिनाउने कलाकार बन्ने दाबी गरे। समीरले यतिबेला सन्तोषले निर्देशन गरिरहेको फिल्म ‘बलिदान’ छायांकन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077