Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

टी–२० क्रिकेटमा जिम्बाब्वेले गाम्बियाविरुद्ध हान्यो ३४४ रन, तोडियो नेपालको रेकर्ड !

टी–२० क्रिकेटमा जिम्बाब्वेले गाम्बियाविरुद्ध हान्यो ३४४ रन, तोडियो नेपालको रेकर्ड !

बुधवार , कार्तिक ७, २०८१

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप अफ्रिका सब-रिजनल क्वालिफायरमा बुधबार जिम्बाब्वेले गाम्बियाविरुद्ध विस्फोटक ब्याटिङ गर्दै ३४४ रनको कीर्तिमानी स्कोर बनाएको छ ।

यस स्कोरसँगै जिम्बाब्वेले नेपालको टी–२० इतिहासमा बनाएको उच्च स्कोरलाई तोडेको हो ।

यसअघि नेपालले मंगोलियाविरुद्ध ३१३ रन बनाउँदै ट्वान्टी–२० क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने टिमको कीर्तिमान राखेको थियो । बुधबार जिम्बाब्वेले गाम्बियाविरुद्ध निर्धारित २० ओभरमा चार विकेट गुमाएर ३४४ रन बनाएको हो ।

जिम्बाब्वेका लागि कप्तान सिकन्दर रजाले मात्र ४३ बलमा १३३ रनको विस्फोटक पारी खेले । जिम्बाब्वेको विस्फोटक ब्याटिङमा गाम्बियाका बलरहरू निरिह बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077