Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

श्रीलंकाविरूद्ध नेपालले पहिलो हाफमै हान्यो चार गोल

श्रीलंकाविरूद्ध नेपालले पहिलो हाफमै हान्यो चार गोल

बिहिवार , कार्तिक ८, २०८१

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले श्रीलंकाविरूद्ध पहिलो हाफमै चार गोल गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालका लागि रेखा पौडेलले दुई गोल गरेकी छन् । सविता रानामगर र सावित्रा भण्डारीले समान एक गोल थपे ।

आजको खेलमा नेपालले श्रीलंकालाई छ गोल अन्तरले पराजित गरेमा समूह ‘बी’ को विजेता हुनेछ भने भुटान उपविजेता हुनेछ।

समूह ‘बी’ को विजेताले आइतबार हुने सेमिफाइनलमा भारतसँग र उपविजेताले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077