Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिनेमा हलमा नायक विराज भट्टले आमा खोजेपछि...

सिनेमा हलमा नायक विराज भट्टले आमा खोजेपछि...

बिहिवार , कार्तिक ८, २०८१

कैलाली । चलचित्र १२ गाउँका निर्देशक तथा अभिनेता विराज भट्ट र नायक समिर भट्टले धनगढीस्थित एसटिएस सेनामा हलमा दर्शकसँग भेटघाट गरेका छन् ।

दशैँको फूलपातीबाट दर्शनीमा आएको चलचित्र १२ गाउँको प्रमोसनका लागि उनीहरु धनगढी आएका हुन् ।

कैलालीको गोदावरी नगरपालिका–५ गेटामा जन्मिएका विराज भट्ट र उनका छोरा समिर चलचित्रको प्रमोसनका लागि धनगढीमा छन् ।

बिहिवार धनगढीस्थित एसटिएस सिनेमा हलमा विराज भट्टको निर्देशनमा रहेको चलचित्र १२ गाउँ उनकी आमा भागरथीले पनि हेर्दै थिइन् ।

अभिनेता विराज र समिर हलमा पुग्दा विराजले ‘मेरी आमा पनि यतै कतै हुनुहुन्छ’ भनेर खोजेका थिए । त्यसपछि दर्शक दीर्घाबाट आमा स्टेज पुगिन्, छोरा र नातिलाई अङ्कमाल गरिन् । हुटिङले सिनेमा घर नै थर्किएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077