Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

अमेरिकाका जोसुअ ट्रोम्पले जनकपुर बोल्ट्सबाट एनपीएल खेल्ने

अमेरिकाका जोसुअ ट्रोम्पले जनकपुर बोल्ट्सबाट एनपीएल खेल्ने

शुक्रवार , कार्तिक ९, २०८१

काठमाडौं । जनकपुर बोल्ट्सले अमेरिकी युवा क्रिकेटर जोसुअ ट्रोम्पलाई टोलीमा अनुबन्ध गरेको छ।

जनकपुर बोल्ट्सले नेपाल सुपर लिग (एनपीएल)का लागि ट्रोम्पलाई अनुबन्ध गरेको हो।

जनकपुरले शुक्रबार सामाजिक सन्जालमार्फत जोसुअलाई दोस्रो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको जनाएको छ।

दक्षिण अफ्रिकामा जन्मेका १९ वर्षीय ट्रोम्प अलराउण्डर हुन् । उनी दायाँ हाते ब्याटर र दायाँ हाते मेडियम पेस बलर हुन्।

जोसुअले अमेरिकाको मेजर क्रिकेट लिगमा टेक्सास सुपर किंग्सबाट खेल्छन् ।

जहाँ उनले ६ टी २० खेल खेलेका छन् । टेक्सास सुपर किंग्स इन्डियन प्रिमियर लिग टोली चेन्नाई सुपर किंग्सको स्वामित्वमा रहेको टोली हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077