Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

विश्वकप क्रिकेट लिग–२ : स्कटल्याण्डसँग अमेरिका १० विकेटले पराजित

विश्वकप क्रिकेट लिग–२ : स्कटल्याण्डसँग अमेरिका १० विकेटले पराजित

शनिवार , कार्तिक १०, २०८१

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा स्कटल्याण्डले अमेरिकालाई पराजित गरेको छ । डालासमा भएको खेलमा स्कटल्याण्डले घरेलु टोली अमेरिकालाई १० विकेटले हराएको हो ।

अमेरिकाले दिएको १ सय ४५ रनको सामान्य लक्ष्य स्कटल्याण्डले २४ ओभर पाँच बलमा कुनै पनि विकेट नगुमाइ भेटायो । उसका एन्ड्रियु उमिदले ९८ र चार्ली टियरले ४३ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाका लागि शाड्ली भान स्काल्कवेकले सर्वाधिक ५५ रन बनाए । स्कटल्याण्डका ब्राड क्युरीले चार र ब्रान्डन म्याकमुलेनले तीन विकेट लिए ।

यसै शृङ्खलाअन्तर्गत नेपालले भोलि बेलुका सवा नौ बजे अमेरिकासँग खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077