Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

आईसीसी विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा, को-को परे ?

आईसीसी विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा, को-को परे ?

शनिवार , कार्तिक १०, २०८१

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग-२ सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको छ ।

क्यानले शनिबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । सागर ढकाल र देव खनाललाई भने रिजर्भमा राखिएको छ ।

यसअघि अमेरिकाविरुद्ध टी-२० सिरिज नखेलेका सन्दीप लामिछाने टिममा अटाएका छन् ।

क्यानले दिएको जानकारी अनुसार नेपाली टिममा कप्तान पौडेलका साथै कुशल भुर्तेल, आसिफ सेख, अनिल साह, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी छन्।

नेपाल, अमेरिका र स्कटल्याण्डबीच अमेरिकामा हुने लिग टू मा नेपालले आफ्नो पहिलो खेल आइतबार घरेलु टोली अमेरिकासँग खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077