Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नेपालको गोललाई मान्यता नदिएपछि दशरथ रंगशालामा तनाव

नेपालको गोललाई मान्यता नदिएपछि दशरथ रंगशालामा तनाव

आइतवार , कार्तिक ११, २०८१

काठमाडौं । साफ च्याम्पियनसिप अन्तर्गत जारी नेपाल र भारतबीचको सेमिफाइनल खेलमा तनाव उत्पन्न भएको छ ।

दोस्रो हाफको २६औँ मिनेटमा भारतले गोल गरेको थियो । तर, विपक्षी खेलाडी खुसियाली मनाउँदै गर्दा रेफ्रीको 'प्ले अन ह्विसिल' बजाएपछि नेपालले गोल गरेको थियो । नेपालको प्रीति राईले गोल गरेकी थिइन् ।

तर, रेफ्रीले त्यसलाई मान्यता नदिँदा नेपालको बराबरी गोल खोसिएको छ । यसबाट आक्रोशित दर्शकले बोतल प्रहार गर्दा खेल पुनः रोकिएको छ ।

नेपालकी खेलाडी रेखा पौडेलले रेड कार्ड पाएपछि अहिले नेपाली टोली १० खेलाडीमा सीमित बनेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077