Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

पेनाल्टी सुटआउटमा भारतलाई हराउँदै नेपाल फाइनलमा

पेनाल्टी सुटआउटमा भारतलाई हराउँदै नेपाल फाइनलमा

आइतवार , कार्तिक ११, २०८१

काठमाडौं । भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ ।

साफ महिला च्याम्पियनसिपमा आइतबार भएको खेलमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको यो तनावपूर्ण खेलको निर्धारित समय र अतिरिक्त समयसम्म दुवै टोलीले एक-एक गोल गरेपछि नतिजा पेनाल्टीमा गएको थियो ।

पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गरेको हो । निकै तनावपूर्ण बनेको खेलमा नेपालका लागि सावित्रा भण्डारीले गोल गरिन् । भारतका लागि सङ्गीता बस्फोरेले गोल गरिन् ।

खेलको ७१ औं मिनेटमा भारतले अग्रता लिएपछि नेपालले लगत्तै गोल फर्काए पनि रेफ्रीले त्यसलाई मान्यता नदिएपछि खेल एक घण्टाभन्दा धेरै समयसम्म रोकिएको थियो ।

अब नेपालले उपाधिका लागि आउँदो बुधवार बङ्गलादेशसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077