Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

आईसीसी विश्वकप लिग–२ मा अमेरिकासँग नेपाल पराजित

आईसीसी विश्वकप लिग–२ मा अमेरिकासँग नेपाल पराजित

सोमवार , कार्तिक १२, २०८१

काठमाडौं । आईसीसी विश्वकप लिग–२ मा अमेरिकासँग नेपाल तीन विकेटले हारेको छ । दुई सय ८७ रनको लक्ष्य अमेरिकाले ४९ ओभर चार बलमा सात विकेट गुमाएर पूरा गर्‍यो ।

अमेरिकाका ओपनर शयान जहाजिंगरले ९७ बलमा १०४ रन बनाए । नेपालका कुशल भुर्तेलले ६ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामीले २ र ललित राजवंशीले १ विकेट लिए ।

त्यसअघि ग्राण्ड प्रेरी क्रिकेट रङ्गशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा अल आउट हुँदै दुई सय ८६ रन बनाएको थियो ।

नेपालका कप्तान रोहित पौडेलले ९६ रन बनाए । ओपनर आसिफ शेखले ५२ र अनिल साहले ५६ रन बनाए । अमेरिका स्पिनर नोष्थुश केन्जिगेले ४ विकेट लिए ।

नेपालले अव भोलि स्कटल्यान्डसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077