Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

डेनिलाले जितिन् मिसेस नेपाल वर्ल्डको उपाधि

डेनिलाले जितिन् मिसेस नेपाल वर्ल्डको उपाधि

सोमवार , कार्तिक १२, २०८१

काठमाडौं । मिसेस नेपाल वर्ल्ड-२०२४ को उपाधि डेनिला कार्कीले जितेकी छन् ।

काठमाडौंको कमलादी स्थित प्रज्ञा भवनमा आयोजित अन्तिम प्रतिस्पर्धामा बाँकी २८ प्रतिस्पर्धीलाई पछि पार्दै डेनिलाले सन् २०२४ को मिसेस नेपाल वल्र्डको उपाधि जितेकी हुन् ।

कार्यक्रमका मुख्य निर्णायक एवं माईती नेपालकी अध्यक्ष अनुराधा कोईरालाले फाईनलमा सोधेको प्रश्नको उत्कृष्ट जवाफ दिएर डेनिलाले सो उपाधि हासिल गरेकी हुन् ।

उनले उपाधिसँगै एउटा स्कुटर, आगामी जनवरीमा अमेरिकामा हुने मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने अवसर पनि हासिल गरेकी छिन्।

प्रतियोगितामा मिसेस नेपाल वर्ल्डमै फस्ट रनर अपको उपाधि एलिना घिमिरे, सेकेन्ड रनर अपको उपाधि किरण कार्कीले र थर्ड रनर अपको उपाधि अनु कार्कीले प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077