Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

रौतहटबाट स्रोत नखुलेको ५ लाखसहित भारतीय नागरिक पक्राउ

रौतहटबाट स्रोत नखुलेको ५ लाखसहित भारतीय नागरिक पक्राउ

सोमवार , कार्तिक १२, २०८१

रौतहट । स्रोत नखुलेको ५ लाख रुपैयाँसहित रौतहटबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन्।

गौर नगरपालिका– २ महादेवपट्टीबाट अस्थायी प्रहरी चौकी महादेवपट्टीले भारतको बिहार मोतिहारीका ४८ वर्षका त्रिभुवन चौधरीलाई ५ लाख रुपैयाँसहित पक्राउ गरेको हो।

नेपालबाट भारततर्फ साइकलमा जादै गरेका चौधरीलाई चेकजाँच गर्दा स्रोत नखुलेको रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

पक्राउ परेका चौधरीले रकमको स्रोत खुलाउन नसकेको र थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077