Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

अनुहार जलेको अवस्थामा एक महिलाको शव फेला

अनुहार जलेको अवस्थामा एक महिलाको शव फेला

सोमवार , कार्तिक १२, २०८१

महोत्तरी । अनुहार जलेको अवस्थामा महोत्तरीमा एक महिलाको शव फेला परेको छ ।

पिपरा गाउँपालिका -७ दनौली चौरीमा स्थानीय अशोक ठाकुरको आँप बगैंचामा अन्दाजी २५/३० वर्षकी महिलाको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार अहिलेसम्म मृतकको पहिचान भएको छैन । बिहान साढे ८ बजे शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

महिलाले हल्का पहेलो रंगको कुर्ता लगाएकी छन् । अनुहारमाथि सल राखेर जलाइएको छ । अनुहारको केही भाग जलेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरको टोली, प्रादेशिक अस्पताल जलेश्वरबाट चिकित्सकसमेत बोलाएर प्रहरीले पाँच घण्टा भन्दा बढी घटनास्थलको अनुसन्धान गरेको छ ।

घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटनाका विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077