Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

नेपाल-बंगलादेश फाइनल खेलको टिकट बिक्रीमा एन्फाको रोक

नेपाल-बंगलादेश फाइनल खेलको टिकट बिक्रीमा एन्फाको रोक

सोमवार , कार्तिक १२, २०८१

काठमाडौं । साफ महिला च्याम्पियनसिप-२०२४ अन्तर्गत बुधबार हुने नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट बिक्री वितरण गर्न रोक लगाइएको छ ।

आइतबार दशरथ रंगशालामा भएको नेपाल र भारतबीचको सेमिफाइनल खेलमा रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको पाइएपछि अखिल नेपाल फुटबल संघ एन्फाले टिकट बिक्रीमा रोक लगाएको हो ।

एन्फाले सोमबार जारी गरेको सूचनामा भनेको छ, “कात्तिक १४ गते बुधबार साँझ ६:३० बजे दशरथ रंगशाला, त्रिपुरेश्वरमा हुने फाइनल खेलको टिकट बिक्री अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ।''

एन्फाले टिकट बिक्रीको अधिकार पाएको माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लिसँग सोधपुछ भइरहेको जनाएको छ ।

यसै क्रममा एन्फाले सर्वसाधारणलाई कुनै पनि माध्यमबाट टिकट खरिद नगर्न र थप सूचनाको प्रतीक्षा गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077