Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

गण्डकी प्रदेश प्रहरीले जित्यो आईजीपी पुरुष भलिबल प्रतियोगिताको उपाधि

गण्डकी प्रदेश प्रहरीले जित्यो आईजीपी पुरुष भलिबल प्रतियोगिताको उपाधि

सोमवार , कार्तिक १२, २०८१

काठमाडौं । आईजीपी रनिङ कप पुरुष भलिबल प्रतियोगिता– २०८१ को उपाधि गण्डकी प्रदेश प्रहरीले जितेको छ ।

सोमबार भएको फाइनल खेलमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङलाई ३–१ को सेटले पराजित गरी गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले उपाधि जितेको हो ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा यही कात्तिक ७ गतेदेखि सुरु प्रतियोगिताका विजेता खेलाडी तथा अफिसियलहरुलाई नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले रनिङ कप, मेडल, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरे।

साथै उनले सर्वोत्कृष्ट खेलाडीलाई नगद पुरस्कार, सहभागी टिमलाई मायाको चिनो, निर्णायकहरु एवं प्रतियोगितामा सहयोग पु¥याएकाहरुलाई प्रशंसापत्र तथा मायाको चिनो प्रदान गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077