Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

हराएको नगद दुई लाख र सुनका गरगहना फेला पारी प्रहरीले सम्बन्धितलाई बुझायो

हराएको नगद दुई लाख र सुनका गरगहना फेला पारी प्रहरीले सम्बन्धितलाई बुझायो

सोमवार , कार्तिक १२, २०८१

अत्तरिया । प्रहरीले हराएका सुनका गरगहना र नगद रुपैयाँ फेला पारी सम्बन्धितलाई बुझाएको छ ।

कैलालीको अत्तरियामा रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले सोमबार दिउँसो धनगढी उपमहानगरपालिका वडा नम्बर ५ बस्ने शारदा कठायतलाई गरगहना र नगद रुपैयाँ फेला पारी बुझाएको हो ।

कठायतको एक लाख ९९ हजार रुपैयाँ नगद र सुनको तिलहारी १ थान, चन्द्रमा १ थान, कानको रिङ २ थान र नाकमा लगाउने नथीया १ थान समेतको माल–सामान अत्तरिया बसपार्क नजिक हराएको थियो ।

उक्त माल–सामान इलाका प्रहरी कार्यालय मालाखेतीको प्रहरी टोलीले फेला पारेको थियो । नगद रुपैयाँ र गरगहना धनीको पहिचान गरी इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापाले कठायतलाई बुझाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077