Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

महिला फुटबल टिमलाई भेटेर मन्त्री पौडेलले भने – उत्कृष्ट प्रदर्शन गर्नु, स्वास्थ्य समस्या परे हामी छौं

महिला फुटबल टिमलाई भेटेर मन्त्री पौडेलले भने – उत्कृष्ट प्रदर्शन गर्नु, स्वास्थ्य समस्या परे हामी छौं

सोमवार , कार्तिक १२, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले साफ महिला च्याम्पियनसिप फाइनलको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई जितका लागि शुभकामना दिएका छन् ।

सोमबार खेलाडीहरूको क्लोज क्याम्पस्थल पुगेर मन्त्री पौडेलले जितका लागि शुभकामना दिएका हुन् । उनले भारतसँगको सेमिफाइनल खेलमा रोमाञ्चक र उत्कृष्ट प्रदर्शन गरेकामा नेपाली खेलाडीहरूलाई धन्यवाद पनि दिए ।

खेलाडीहरूको क्लोज क्याम्पस्थल पुगेर मन्त्री पौडेलले आइतबारको सेमिफाइनल खेलमा रोमाञ्चक र उत्कृष्ट प्रदर्शन गरेको भन्दै खेलाडीहरूलाई धन्यवाद पनि दिए।

मन्त्री पौडेलले त्यसक्रमा एन्फा पदाधिकारीहरू र खेलाडीसामु खेलका क्रममा कोही खेलाडी वा अफिसियल घाइते भएमा निःशुल्क उपचारको व्यवस्था मन्त्रालयका तर्फबाट गर्ने निर्णय गरेको जानकारी दिए।

‘तपाईंहरू उच्च मनोबलका साथ खेल पस्कनुहोला’, उनले भने, ‘स्वास्थ्य समस्या परेमा हामी साथमा छौं।’

खेलाडीहरूको हौसला बढाउँदै उनले यसअघि गरिएको व्यवस्थाअनुसार खेलपश्चात् राष्ट्रिय टिमका सबै खेलाडीहरूको शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क स्वास्थ्य परीक्षण गरिने प्रतिबद्धता पनि व्यक्त गरे।

यसअघि नै मन्त्री पौडेल अध्यक्ष रहेको केन्द्रले राष्ट्रिय टिममा रहेका सबै खेलाडीको वार्षिक निःशुल्क स्वास्थ्य परीक्षण गराउने निर्णय गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077