Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

कतार पठाइदिन्छु भनी अन्तर्वार्ता लिइरहेको अवस्थामा मलेसियनसहित चारजना पक्राउ

कतार पठाइदिन्छु भनी अन्तर्वार्ता लिइरहेको अवस्थामा मलेसियनसहित चारजना पक्राउ

मंगलवार , कार्तिक १३, २०८१

सिरहा । रोजगारीका लागि कतार पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा नेपाल प्रहरीले एक मलेसियन नागरिकसहित चारजनालाई पक्राउ गरेको छ।

लहान नगरपालिका–४ स्थित एक होटलमा सरकारसँग अनुमति नलिई कतार पठाइदिन्छु भन्दै अन्तर्वार्ता लिइरहेका अवस्थामा मलेसियन नागरिक अन्दाजी ५१ वर्षीय मोहम्मद रिजुआन बिन अब्दुल्लाह, लहान–२३ का ४२ वर्षीय रामाशङ्कर यादव, २५ वर्षीय रामभरत यादव र ३९ वर्षीय सूर्यनारायण दाव सोमबार पक्राउ परेका हुन्।

पक्राउ परेका चारैजनालाई आवश्यक कारबाही सुरु भइसकेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

उनीहरुले केही व्यक्तिसँग रकमसमेत असुल गरेको अनुसन्धानबाट खुलेको छ । उनीहरुमाथि जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077