Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

अमेरिकामा ठगीसहित ५० बढी मुद्दा चलेका रविका कोर टिमका सदस्य मोहन थापा नेपालमा

अमेरिकामा ठगीसहित ५० बढी मुद्दा चलेका रविका कोर टिमका सदस्य मोहन थापा नेपालमा

मंगलवार , कार्तिक १३, २०८१

काठमाडौं। सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडसँगै अन्य पाँच सहकारीको बचत रकम ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्षसमेत रहेका पूर्वडिआइजी छविलाल बन्जाडे जोशीमाथि  प्रहरीले गम्भिर रुपमा अनुसन्धान गरिरहेको छ।

सहकारी ठगी र संगठित अपराधको कसुरमा अनुसन्धानका लागि  प्रहरीले २ कात्तिकमा काठमाडौंबाट पक्राउ गरी लामिछानेलाई पोखरा ल्याएर  अदालतबाट  म्याद थप गरी अनुसन्धान थालेसँगै रास्वपाका केन्द्रीय सदस्य तथा लामिछानेका कारोबारी मित्र मोहनजंग थापा अमेरिकाबाट नेपाल आएका छन् ।

थापा हालै  जिबी राईले प्रहरी र मिडियामा पठाएको भनिएको इमेलमा पाँच करोड भन्दा बढी रकम हुन्डी गरेको प्रकरणमा मुछिएका व्यक्ति मात्र नभइ ढाकाकुमार श्रेष्ठलाई मन्त्री बनाउन तीन करोड पैसा माग्ने लामिछानेको कोर टिमका सदस्य पनि हुन।

पूर्वसांसद श्रेष्ठले आफूलाई मन्त्री बनाउँछु भन्दै तीन करोड रकम डिल गर्ने रास्वपाका केन्द्रीय सदस्य मोहनजंग थापा रहेको बताएका थिए । थापामाथि हुन्डीमार्फत् अमेरिका-नेपाल पैसा ओसारपसारको आरोप लाग्दै आएको छ।

अहिले लामिछाने जेल परेपछि प्रहरी र अदालतमा चलखेल गर्न थापा नेपाल आएको वताइएको छ। उनी हिजो (१२) गते सिआईबी नजिकैको एक रेस्टुरेन्टमा केही बिचौलियासँगै देखा परेका थिए।

त्यसो त राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासनमा परेका तत्कालिन महामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेले गृहमन्त्री हुँदा सरुवा बढुवामा मोहन थापामार्फत ठूलो आर्थिक लेनदेन गरेको खुलासा गरेका थिए ।

थापाले अहिलेका डिआईजी दानबहादुर कार्कीलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा एसएसपी बनाएर लगेको दाबी गरेका थिए। लामिछाने गृहमन्त्री रहेकै बेला आफ्ना व्याचीहरुलाई उछिनेर कार्की एक नम्बर डिआईजी बनेपछि थापाले चलखेल गरेको कुरा अहिले पनि  प्रहरीभित्र नै चर्चा हुने गर्दछ।

अमेरिका निवासी थापा ठगी धन्दामा संलग्न रहँदै आएका छन् । अमेरिका बसेर नेपाल आवत–जावत गर्ने थापाले नेपाल प्रहरीका एक पूर्व उच्च अधिकारीको घर बैना गराईदिने नाममा जापानबाट पैसा मगाएर २५ लाख रुपैया ठगी गरेको खुलेको छ ।

थापा अमेरिकामा पटक–पटक जेल पर्दै छुट्दै आएका व्यक्ति हुन् । उनले रवि लामिछानको नाम लिएर पार्टीको स्थापनाकालदेखि नै ठगी गर्दै आएको पीडित एक व्यवसायीले बताए । राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा पैसा उठाएका थापाले पीडितहरुलाई उल्टै धम्की दिने गरेको पनि ती व्यवसायी बताउँछन् ।

थापाले सुबु केसीबाट पनि ७५ लाख रकम ठगी गरेको खुलेको छ । रवि लामिछाने गृहमन्त्री छँदा थापाले उक्त पैसा पचाउनका लागि सुबुलाई फसाउन खोजेका थिए। उनले आफूलाई अमेरिकाको ठूलो व्यवसायी भएको भ्रम छरेर विभिन्न व्यक्तिहरुसँग रकम असुल्दै आएको खुलेको छ ।

थापाविरुद्ध अमेरिकामा ५० बढी मुद्दा चलेको थियो । जसमध्ये अधिकांश मुद्दामा उनी दोषी ठहर भएका छन् । उनी फर्जी लाइसेन्स र परिचय पत्र बनाएकोमा दोषी ठहर भएर अमेरिकाको जेल परेका व्यक्ति समेत हुन् ।

थापाविरुद्धको नक्कली सवारी चालक परिचयपत्र (लाइसेन्स) र परिचय पत्र बनाएको जस्तो गम्भीर मुद्दा पनि लागेको थियो । उक्त प्रकरणमा २००२ अक्टोबरमा पक्राउ परेर थापालाई जेल सजाय भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077