Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

निषेधित क्षेत्र तोड्न खोज्दा बालुवाटारबाट रास्वपाका कार्यकर्ता पक्राउ

निषेधित क्षेत्र तोड्न खोज्दा बालुवाटारबाट रास्वपाका कार्यकर्ता पक्राउ

मंगलवार , कार्तिक १३, २०८१

काठमाडौं । बालुवाटारमा प्रदर्शन गर्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्ताहरू पक्राउ परेका छन् ।

सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका रास्वपाका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो।

पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि आन्दोलनरत रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्ने पूर्वनिर्धारित कार्यक्रम राखेको थियो ।

सो कार्यक्रमका लागि बालुवाटारस्थित नेपाल हाउसमा नेता कार्यकर्ताहरु भेला भएका थिए ।

निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

रास्वपाले सरकारले राजनीतिक प्रतिशोधले पक्राउ गरेको आरोप लगाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077