Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

इन्टरपोलबाट रेड नोटिस जारी भएका गजेन्द्र कतारबाट पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएका गजेन्द्र कतारबाट पक्राउ

मंगलवार , कार्तिक १३, २०८१

काठमाडौं । इन्टरपोलबाट रेड नोटिस जारी भएका एक जनालाई कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ ।

कर्तव्य ज्यान मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका भोजपुरका गजेन्द्र वान्तवा राईलाई पक्राउ गरि नेपाल ल्याईएको हो।

एनसिबि दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने प्रयोजनार्थ मंगलबार नेपाल फिर्ता ल्याइएको छ ।

उनी श्रीमती झापाको मेचीनगर नगरपालिका-११ धाईजन बस्ने ४८ वर्षीया श्रीमती शर्मिला तामाङको हत्यामा संलग्न थिए ।

श्रीमतीको हत्यापछि फरार भएका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोलबाट २०८१ साल असोज १ गते रेड नोटिस जारी भएको थियो ।

उनलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारवाहीको लागि इलाका प्रहरी कार्यालय धुलावारी झापाको टोलीलाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077