Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

बालुवाटारमा प्रदर्शन गर्न पुगेका रास्वपा सांसद चौधरीसहित १७ जना पक्राउ

बालुवाटारमा प्रदर्शन गर्न पुगेका रास्वपा सांसद चौधरीसहित १७ जना पक्राउ

मंगलवार , कार्तिक १३, २०८१

काठमाडौं । बालुवाटारमा प्रदर्शन गर्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदसहित १७ जना पक्राउ परेका छन्।

पार्टी सभापति रवि लामिछानेको रिहाइको माग गर्दै बालुवाटार घेराउ गर्न पुगेका सांसद अशोककुमार चौधरीसहित १७ जना नेता–कार्यकर्ता पक्राउ परेका हुन्।

पक्राउ गरेर सांसद चौधरीसहित नेता कार्यकर्तालाई प्रहरी वृत्त मालीगाउँ लगिएको जनाइएको छ।

शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रमलाई बिथोल्ने गरी प्रहरी प्रशासनले दमन र गिरफ्तारी गरेको भन्दै तत्काल छाड्न रास्वपाले माग गरेको छ।

बालुवाटार प्रधानमन्त्री निवास पनि भएकाले सुरक्षा संवेदनशीलताको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधित क्षेत्र तोकेको छ।

शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रमलाई बिथोल्ने गरी प्रहरी प्रशासनले दमन र गिरफ्तारी गरेको रास्वपाले आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077