Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

साफ महिला च्याम्पियनसिप : फाइनल खेलको टिकट एन्फा आफैंले बिक्री गर्ने

साफ महिला च्याम्पियनसिप : फाइनल खेलको टिकट एन्फा आफैंले बिक्री गर्ने

मंगलवार , कार्तिक १३, २०८१

काठमाडौं । साफ महिला च्याम्पियनसिप फाइनल खेलको टिकट अखिल नेपाल फुटबल संघ (एन्फा) आफैंले बिक्री गर्ने भएको छ।

नेपाल र बंगलादेशबीच हुने फाइनल खेलको टिकट एन्फा आफैंले बिक्री गर्ने निर्णय गरेको हो।

एन्फाका अनुसार एन्फा कम्प्लेक्स सातदोबाटो, जाउलाखेल र आर्मी ब्यारेक नजिक गरी तीन ठाउँबाट टिकट बिक्री हुने छ।

साधारणतर्फ १० हजार र भीआईपीका लागि १ हजार टिकट मात्रै बिक्री गरिने एन्फाले जनाएको छ।

यस्तै, एन्फाले माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिसँग टिकट बिक्री सम्झौता रद्द गरेको छ ।

यसअघि फाइनल खेलका लागि अनलाइन टिकट खरिद गरेकाहरूको पैसा भने फिर्ता गरिने भएको छ।

यसअघि सोमबार सूचना प्रकाशित गरी एन्फाले ‘अर्को सूचना जारी नभएसम्मका लागि’ टिकट बिक्री बन्द गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077