Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

सशस्त्रका आईजीपी अर्यालको निर्देशन - कुनै प्रभावमा नपरी जनसेवामा खटिनू

सशस्त्रका आईजीपी अर्यालको निर्देशन - कुनै प्रभावमा नपरी जनसेवामा खटिनू

मंगलवार , कार्तिक १३, २०८१

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले कुनै प्रभावमा नपरी जनसेवामा खटिन नवनियुक्त सशस्त्र प्रहरी निरीक्षकहरूलाई निर्देशन दिएका छन् ।

सशस्त्र प्रहरी निरीक्षक १६औँ समूहको आधारभूत तालिम सम्पन्न गरेका अधिकृतको दीक्षान्त समारोहमा आज उनले सो निर्देशन दिएका हुन् ।

उनले राज्य, सङ्गठन र आम नागरिकको आशा र अपेक्षालाई पूरा गर्ने ढङ्गबाट कार्यसम्पादन गर्न कार्यक्षेत्रमा परिचालित हुन निर्देशन दिए ।

त्यस अवसरमा आधारभूत तालिम सम्पन्न गरेका १६औँ समूहका ४५ अधिकृत दीक्षित भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको समुपस्थितिमा मातातीर्थस्थित राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा आज आयोजित विशेष समारोहमा तीन महिला र ४२ पुरुष प्रशिक्षार्थी दीक्षित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077