Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

साफ महिला च्याम्पियनसिपको फाइनल खेल हेर्न प्रधानमन्त्री जाने

साफ महिला च्याम्पियनसिपको फाइनल खेल हेर्न प्रधानमन्त्री जाने

बुधवार , कार्तिक १४, २०८१

काठमाडौं । साफ महिला च्याम्पियनसिपको उपाधि भिडन्त हेर्न प्रधानमन्त्री केपी शर्मा ओली आज दशरथ रङ्गशाला जाने भएका छन् ।

उनको निजी सचिवालयका अनुसार साँझ ६ः३० बजेबाट सुरु हुने नेपाल र बङ्गलादेशबीचको उपाधि भिडन्त हेर्न प्रधानमन्त्री ओली रङ्गशाला पुग्ने भएका हुन् ।

प्रधानमन्त्री ओलीले उपाधि विजेतालाई पुरस्कार पनि वितरण गर्नेछन्।

सातौँ संस्करणसम्म आइपुग्दा नेपाल पाँच पटक फाइनलमा पुगेको छ । तर, उपाधि भने हालसम्म पनि उचाल्न सकेको छैन। त्यसकारण आजको खेलमा उपाधि जित्ने लक्ष्यसहित नेपाल मैदान उत्रनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077