Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

काठमाडौं महानगरले नेपाल र बंगलादेशबीचका खेल तीन ठाउँमा लाइभ देखाउने

काठमाडौं महानगरले नेपाल र बंगलादेशबीचका खेल तीन ठाउँमा लाइभ देखाउने

बुधवार , कार्तिक १४, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल खेल प्रत्यक्ष प्रसारण गर्ने भएको छ।

महानगरले नेपाल र बंगलादेश बीच हुने फाइनल खेल टुँडीखेल, चाबहिल गणेशस्थान चौरमा र सानो गौचरणमा लाइभ देखाउन लागेको हो ।

बुधबार साँझ साढे ६ बजेदेखि दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच फाइनल खेल हुँदैछ।

सेमिफाइनलमा नेपालले भारतलाई र बंगलादेशले भुटानलाई हराएर फाइनलमा पुगेका हुन्।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने साँझ साढे ६ बजे सुरु हुने खेलका लागि एन्फाले भौतिक रुपमा नै बुधबार टिकट बिक्री वितरण गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077