Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

रेड पाण्डाको छालासहित एक जना पक्राउ

रेड पाण्डाको छालासहित एक जना पक्राउ

बुधवार , कार्तिक १४, २०८१

काठमाडौं । प्रहरीले रेड पाण्डाको छालासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बागलुङ वरेङ गाउँपालिका -३ घर भई काठमाडौं स्वयम्भू बस्ने ४५ वर्षीय तारा थापा रहेका छन्।

उनलाई प्रहरी वृत्त महाराजगंज र प्रहरी प्रभाग गोंगबुबाट खटिएको टोलीले मंगलबार काठमाडौं महानगरपालिका-२६ गोंगबुबाट पक्राउ गरेको हो।

उनको साथबाट वन्यजन्तु रेड पाण्डाको २ वटा छालासहित पक्राउ गरेको प्रहरीले जनाएको छ। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077