Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

नेपाल र बंगलादेशबीचको खेल हेर्न जाँदा झण्डा र पोस्टर लैजान नपाइने

नेपाल र बंगलादेशबीचको खेल हेर्न जाँदा झण्डा र पोस्टर लैजान नपाइने

बुधवार , कार्तिक १४, २०८१

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले रंगशालामा जाँदा लैजान नपाइने सामानहरूको सूची सार्वजनिक गरेको छ ।

एन्फाले नेपाल र बंगलादेशबीचको साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल खेल हेर्न जाँदा लैजान नपाइने सामानहरूको सूची सार्वजनिक गरेको हो।

नेपाल र बंगलादेशबीचको फाइनल खेल आज साँझ साढे ६ बजेदेखि हुँदैछ। यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ।

एन्फाले जारी गरेको सूचनाअनुसार बन्दुक, छुरा तथा अन्य कुनै पनि धारिलो हतियार वा औजार लैजान पाइने छैन।

यस्तै चुरोट, लाइटर, सलाई, मादक वा नशालु पदार्थ लैजान नपाइने एन्फाले जनाएको छ।

ठूलो झोला पनि लैजान पाइनेछैन। सानो झोला भने सुरक्षा जाँच गरेपछि मात्रै पाइने एन्फाले जनाएको छ।

मोटरसाइकलको हेल्मेट, बिना अनुमतिका ब्यानर, झण्डा, पोस्टर, पानी वा अन्य कुनै चिसो पेय पदार्थका बोतल वा क्यान, लेजर लाइट, छाता, लिपिस्टिक, नेलकटर, कैंची, काइँयो लगायत लैजान नपाइने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077