Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

सुरक्षण मुद्रण केन्द्रका पौडेल र श्रेष्ठ भ्रष्टाचार मुद्दामा दोषी ठहर

सुरक्षण मुद्रण केन्द्रका पौडेल र श्रेष्ठ भ्रष्टाचार मुद्दामा दोषी ठहर

बुधवार , कार्तिक १४, २०८१

काठमाडौं । विशेष अदालतले आन्तरिक राजस्व स्टिकर छपाइमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र लगत अनुमान तयार पार्ने सफल श्रेष्ठलाई दोषी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू खुसीप्रसाद थारू र रितेन्द्र थापाको इजलासले राजस्व अनुसन्धान विभागसँग सम्झौता नगरी स्टिकर छपाइको प्रक्रिया अघि बढाएर व्यक्तिगत लाभ लिएको ठहर गरेको हो ।

उनीहरूले प्रिन्टसेललाई पेस्की भुक्तानी दिँदा तीन करोड २२ हजार ८०० हानी नोक्सानी पुर्‍याएको ठहर गर्दै इजलासले सजाय निर्धारणका लागि यही कात्तिक २५ गतेको पेसी तोकेको छ ।

यस्तै, राजस्व स्टिकर छपाइको परियोजना गलत नियतका अधिकारीमाथि मुद्दा लागेकै कारण नरोक्न पनि विशेष अदालतले निर्देशनात्मक आदेश जारी गरेको छ । यसैगरी तत्कालीन मुख्य सचिव वैकुण्ठ अर्यालले सफाइ पाएका छन् ।

मुख्यसचिवमा बहाल रहेकै बेला अन्तःशुल्क स्टिकर छपाइमा ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ अनियमितता गरेको भन्दै अख्तियारले अर्यालसहित ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । सोही प्रकरणमा आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक रितेशकुमार शाक्यलेसमेत सफाइ पाएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077