Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

उपाधि जित्न नसके पनि नेपाली खेलाडीले उत्कृष्ट खेले : प्रधानमन्त्री ओली

उपाधि जित्न नसके पनि नेपाली खेलाडीले उत्कृष्ट खेले : प्रधानमन्त्री ओली

बुधवार , कार्तिक १४, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले​ साफ महिला च्याम्पियनसिपको उपाधि जित्न नसकेपनि नेपाली खेलाडीहरुले उत्कृष्ट खेलेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीले सो टिप्पणी गरेका हुन् । उनले अब टोलीको मेहनत अर्को खेल जित्नेगरी हुने समेत बताए ।

‘साफ महिला च्याम्पियनसिप फूटबलको उपाधि जित्न नसके पनि नेपाली खेलाडीले उत्कृष्ट खेले । हाम्रो मेहनत अब अर्को खेल जित्नेगरी हुनेछ । धन्यवाद नेपाली टोली’, ओलीले फेसबुकमा लेखेका छन् ।

आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा नेपाल बंगलादेशसँग २–१ले पराजित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077