Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

तिहारमा देशैभर ४८ हजार प्रहरी परिचालन गरिँदै

तिहारमा देशैभर ४८ हजार प्रहरी परिचालन गरिँदै

बिहिवार , कार्तिक १५, २०८१

काठमाडौं । यस पटकको शुभदिपावली, नेपाल संवत् तथा छठ पर्वका लागि देशैभर ४८ हजार प्रहरी परिचालन गरिने भएको छ ।

पर्वहरुलाई उल्लासमय वातावरणमा सम्पन्न गराउन तथा शान्ति सुरक्षा अमन चयन कायम राख्नका लागि प्रहरीले विशेष सुरक्षा योजना बनाएको हो ।

आम नेपालीले आ–आफ्ना चाड पर्व भयरहित तरिकाले उल्लायमय वातावरणमा मनाउन पाउन भन्ने उद्देश्यसहित प्रहरी परिचालन गरिएको बताइएको छ ।

विगतमा झैं यसपटक पनि प्रहरीले राजमार्ग, बढी भीडभाड हुने क्षेत्रमा प्रहरीलाई हतियारसहित गस्तीमा खटाउने काम भएको छ भने कुनै पनि अप्रिय घटना हुन नदिन प्रहरीको रिजर्भ टोलीसमेत विभिन्न स्थानमा तैनाथ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077