Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

राष्ट्रिय एकतालाई अझ बलियो बनाउनुपर्छ : प्रचण्ड

राष्ट्रिय एकतालाई अझ बलियो बनाउनुपर्छ : प्रचण्ड

बिहिवार , कार्तिक १५, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकतालाई अझ बढी बलियो बनाउनेमा सबैको ध्येय रहेको बताएका छन् ।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले प्रचण्ड निवास खुमलटारमा आयोजना गरेको देउसी भैलो कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्डले कलाकार, पत्रकार सबैको ध्येय राष्ट्रिय एकतालाई अझ बढी बलियो बनाउनेमा रहेको बताए।

उनले राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्दै नेपाली जनताको उज्ज्वल भविष्यका लागि सबै एक हुनुपर्ने बताए ।

उनले आफू शान्ति प्रक्रियामा आएदेखि नै कला र खेलकुदको क्षेत्रलाई उच्च प्राथमिकता दिँदै आएको धारणा राखे ।

कला संस्कृतिको जगेर्ना नगरीकन राष्ट्रको अस्मिताको जगेर्ना हुन नसक्ने उनको भनाइ छ । प्रचण्डले तिहारका अवसरमा देश र विदेशमा रहेका नेपालीप्रति शुभकामना व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077