Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

१४ महिनापछि थुना मुक्त भए कृष्णबहादुर महराका छोरा राहुल

१४ महिनापछि थुना मुक्त भए कृष्णबहादुर महराका छोरा राहुल

बिहिवार , कार्तिक १५, २०८१

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा जेलबाट छुटेका छन् ।

सुन तस्करीमा दोषी ठहर भएर जेलमा उनी केन्द्रीय कारागार जगन्नाथ देवलबाट १३ कात्तिकमा छुटेका हुन् । अदालतले तोकेको १४ महिना सजाय भुक्तान गरेर उनी छुटेका हुन् ।

राहुललाई २०८० भदौ १३ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।

जिल्ला अदालत काठमाडौंले चार विभिन्न आधार र तथ्यको विश्लेषण गर्दा राहुल महरा विद्युतीय चुरोट (भेप) बाट सुन तस्करी गरेको घटनामा संलग्न देखिएको प्रारम्भिक निष्कर्ष निकाल्दै उनलाई थुनामा पठाउन आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077