Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

रवि लामिछानेको बयान सकियो, तिहारपछि रुपन्देही लगिने

रवि लामिछानेको बयान सकियो, तिहारपछि रुपन्देही लगिने

बिहिवार , कार्तिक १५, २०८१

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ । सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा पक्राउ परेका उनको सरकारी वकिलको कार्यालयमा बयान सकिएको हो ।

सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा पक्राउ परेका लामिछानेमाथि सम्पत्ति शुद्दिकरणको विषयमा पनि अनुसन्धान भइरहेको छ ।

कार्तिक २ गते शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई शुरुमा ६ दिन र त्यसपछि गत बिहीबार कास्की जिल्ला अदालतले ७ दिन म्याद थप गरेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको थियो ।

लामिछानेलाई दिएको हिरासतमा राख्ने अनुमति बुधबार सकिएपछि आज तिहारदेखि तिहारको बिदा भएकाले अब उनलाई तिहारपछि अदालत खुले लगत्तै पेश गरिने कास्की प्रहरीको तयारी रहेको छ ।

कास्की प्रहरीको बयान सकिएकोले अब लामिछानेलाई म्याद थप गरेर तिहारपछि रुपन्देही लैजाने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077