Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

हङकङ सिक्सेज : इंग्ल्याण्डमाथि नेपालको शानदार जित

हङकङ सिक्सेज : इंग्ल्याण्डमाथि नेपालको शानदार जित

शुक्रवार , कार्तिक १६, २०८१

काठमाडौं । हङकङ सिक्सेजमा नेपालले इंग्ल्याण्डलाई पराजित गरेको हो ।

मोङ कोकमा भएको खेलमा नेपालले इंग्ल्याण्डमाथि ६ विकेटको शानदार जित निकालेको हो ।

इंग्ल्याण्ड ५.५ ओभरमा अलआउट भएर ९७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । टस हारेर पहिला ब्याटिङमा उत्रेको इंग्ल्याण्डका लागि कप्तान रवि बोपाराले विस्फोटक ब्याटिङ गरे ।

उनले नारायण जोशीलाई लगातार ५ छक्का हाने भने रासिद खानको एक ओभरमा २१ रन जोडे । स्मित पटेलले पनि १७ बलमा ३९ रन बनाए । नेपालका लागि विवेक यादव र प्रतिश जीसीले दुई दुई विकेट लिए भने लोकश बम र नारेन जोशीले एक एक विकेट लिए ।

तर नेपालले ४.२ ओभरमा लक्ष्य भेटायो । नेपालका लागि कप्तान सन्दीप जोराले विस्फोटक ब्याटिङ गरे । चार सयभन्दा माथिको स्ट्राइक रेटमा ब्याटिङ गरेका उनले नटआउट १७ बलमा ७१ रन बनाए ।

त्यसक्रममा उनले ८ छक्का र ५ चौका प्रहार गरे । अर्का ओपरन लोकेश बमले ११ बलमा २० रन बनाए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077