Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

कैलाली र डडेल्धुराबाट ३७ जुवाडे पक्राउ, नगद ४ लाख बढी बरामद

कैलाली र डडेल्धुराबाट ३७ जुवाडे पक्राउ, नगद ४ लाख बढी बरामद

शुक्रवार , कार्तिक १६, २०८१

धनगढी । प्रहरीले कैलाली र डडेल्धुराबाट साढे ४ लाख बढी नगदसहित ३७ जुवाडेलाई पक्राउ गरेको छ।

कैलालीबाट ९ र डडेल्धुराबाट २८ जनालाई चार लाख ६८ हजार रुपैयाँसहित पक्राउ गरिएको हो ।

कैलालीको घोडाघोडी नगरपालिका–६ अस्नाराका सहदेब भट्टको कुखुरा फर्ममा जुवातास खेलिरहेको अवस्थामा ३२ वर्षीय नेत्र साउदसहित ९ जनालाई पक्राउ गरिएको छ ।

उनीहरुको साथबाट २६ हजार ४२० रुपैयाँ नगद र तास बरामद गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ को गोयल खेतका ३२ वर्षीय दिपक देउवाको घरमा जुवातास खेलिरहेका २८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार उनीहरुको साथबाट ४ लाख ४१ हजार ८६९ रुपैयाँ नगद र १६ गड्डी तास बरामद भएको छ । पक्राउ परेकाहरुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077