Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

फिल्म ‘महापुरुष’ युट्युवमा रिलिज

फिल्म ‘महापुरुष’ युट्युवमा रिलिज

शुक्रवार , कार्तिक १६, २०८१

काठमाडौं । हलमा रिलिज भैसकेको फिल्म ‘महापुरुष’ युट्युवमा सार्वजनिक भएको छ ।

लक्ष्मीपूजाको अवसरमा हिजो बेलुकादेखि फिल्मको युट्युव स्ट्रिमिङ सुरु भएको हो।

केन्द्र मोसन पिक्चर्स नामक युट्युव च्यानलमा फिल्म आएको छ। हरिवंश आचार्य स्टारर यो फिल्म हलमा निकै रुचाइएको थियो

प्रदीप भट्टराई निर्देशित फिल्मले श्रीमती गुमाएका एक्ला बाबुको कथा भन्छ । शीर्ष भूमिकामा हरिवंशले अभिनय गरेका छन् ।

फिल्ममा हरिवंशसहित मदनकृष्ण श्रेष्ठ, राजाराम पौडेल, गौरी मल्ल, नरेश पौडेल, अरुण क्षेत्री, शिखा तामाङ, कोपिला थापा लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077