Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

पाकिस्तानका मोहसिनले जनकपुर बोल्ट्सबाट एनपीएल खेल्ने

पाकिस्तानका मोहसिनले जनकपुर बोल्ट्सबाट एनपीएल खेल्ने

शुक्रवार , कार्तिक १६, २०८१

काठमाडौं । जनकपुर बोल्ट्सले पाकिस्तानका क्रिकेटर मुहम्मद मोहसिनलाई टोलीमा अनुबन्ध गरेको छ।

जनकपुर बोल्ट्सले नेपाल सुपर लिग (एनपीएल)का लागि मोहसिनलाई अनुबन्ध गरेको हो।

जनकपुरले आफ्नो तेस्रो विदेशी खेलाडीको रुपमा अलराउन्डर मोहसिनलाई अनुबन्ध गरेको शुक्रबार सामाजिक सञ्जालमार्फत जनाएको छ ।

२८ वर्षीय मोहसिनले ३० टी-२० खेल खेलेका छन् । जसमा उनले १७९ रन बनाउनुका साथै २२ विकेट लिएका छन् ।

उनले पाकिस्तान सुपर लिग, क्यारेबियन प्रिमियर लिग र अमेरिकाको मेजर क्रिकेट लिग खेलिसकेका छन् ।

जनकपुरले यसअघि न्युजिल्याण्डका जिमी निसम र अमेरिकाका युवा क्रिकेटर जोसुआ ट्रम्पलाई अनुबन्ध गरिसकेको छ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ देखि पुस ६ गतेसम्म हुने एनपीएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077