Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

कम्युनिष्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्दै गयो : माधव नेपाल

कम्युनिष्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्दै गयो : माधव नेपाल

शुक्रवार , कार्तिक १६, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको बाधक तत्वका रूपमा कम्युनिष्ट पार्टीभित्र बढ्दै गएको भ्रष्टीकरण भएको बताएका छन् ।

पार्टी निकट जनसांस्कृतिक महासङ्घद्वारा आज आयोजित सांस्कृतिक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले भ्रष्टीकरण अन्त्य नभएसम्म मुलुकमा विकास तथा जनताको समस्या समाधान हुन नसक्ने बताए।

अहिले कम्युनिष्ट पार्टीभित्र व्यक्तिवाद हाबी हुँदै गएको उल्लेख गर्दै अध्यक्ष नेपालले भने, 'सामूहिक हित र वर्गीय हितका लागि स्थापित कम्युनिष्ट पार्टीमा स्वार्थी प्रवृत्ति बढ्दै गएको छ। भ्रष्टीकरण बढ्दै गएको छ। यो नै प्रमुख समस्या हो।'

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले पछिल्लो समय पार्टी र नेताप्रति जनताको विश्वास गुम्दै गएको बताउँदै सच्चा कम्युनिष्ट एकताबद्व भएर देश र जनताको समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077