Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

हङकङ सिक्सेस : नेपालले अस्ट्रेलियालाई दियो ११२ रनको लक्ष्य

हङकङ सिक्सेस : नेपालले अस्ट्रेलियालाई दियो ११२ रनको लक्ष्य

शनिवार , कार्तिक १७, २०८१

काठमाडौं । हङकङ सिक्सेसमा नेपालले अस्ट्रेलियालाई ११२ रनको लक्ष्य दिएको छ ।

शनिबार बिहान हङकङको मोङ कक मैदानमा टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको नेपालले दुई विकेटको क्षतिमा १११ रन बनाएको हो ।

नेपालका लागि सन्दीप जोराले अर्धशतक पुरा गरे । उनले १६ बलमा पाँच चौका र चार छक्का प्रहार गर्दै ५१ रन बनाएका हुन्। हङकङ सिक्सेसमा उनको यो लागातार दोस्रो अर्धशतक हो । अघिल्लो खेलमा उनले इंग्ल्याण्डविरुद्ध १२ बलमै अर्धशतक बनाएका थिए।

लोकेश बमले १३ बलमा तीन चौका र तीन छक्काको मद्तमा ३३ रन बनाए। उनी अस्ट्रेलियाका ज्याक वुडबाट आउट भए। नेपालका लागि विवेक यादवले चार बलमा १२ रन हिर्काए। राशिद खानले १२ र नारायण जोशीले १ रन जोडे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077