Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

हङकङ सिक्सेसको समूह चरणबाटै बाहिरियो भारत

हङकङ सिक्सेसको समूह चरणबाटै बाहिरियो भारत

शनिवार , कार्तिक १७, २०८१

काठमाडौं । भारत हङकङ सिक्सेसको समूह चरणबाटै बाहिरिएको छ।

हङकङको मङकुकस्थित मिसन रोड ग्राउन्डमा युएईसँग १ रनले पराजित भएपछि भारत समूह चरणबाटै बाहिरिएको हो।

१३१ रनको लक्ष्य पछ्याएको भारतले ६ ओभरमा ४ विकेट गुमाएर १२९ रन बनायो। बलिङतर्फ युएईका अकिफ राजा, सन्चित शर्मा र मुहम्मद जुहैदले एकरएक विकेट लिए।

पहिले ब्याटिङ गरेको युएईले ६ ओभरमा १३० रनको योगफल तयार पारेको थियो। त्यस क्रममा खालिद साहले सर्वाधिक ४२ रन बनाएका थिए।

जहूर खान ३७ रन बनाएर नट आउट रहँदा कप्तान आशिफ खान पहिलो बलमै आउट भएका थिए। बलिङतर्फ भारतका स्टुआर्ट बिनीले ३ विकेट लिँदा भरत चिप्ली र शहबाज नदीमले एकरएक विकेट लिए।

समूह ‘सी’मा रहेको भारत पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो। दोस्रो खेलमा पनि पराजित भएपछि क्वाटरफाइनल पुग्न असफल भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077