Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

भक्तपुर पूरा सहर नै एउटा जिउँदो संग्रहालय हो : प्रधानमन्त्री ओली

भक्तपुर पूरा सहर नै एउटा जिउँदो संग्रहालय हो : प्रधानमन्त्री ओली

शनिवार , कार्तिक १७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुर पूरा सहर नै जीवित संग्रहालय भएको बताएका छन्।

भक्तपुरमा नेपाल संवत् ११४५ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

प्रधानमन्त्री ओलीले भने, ‘भक्तपुरलाई जीवित संग्रहालय भनेर पनि मानिन्छ । यो संग्रहालय पनि हो । जुन संग्रहालयमा मानिसहरु बसोवास परापूर्व कालदेखि बसेका छन् । मानिसहरु बस्दाबस्दै यसलाई संग्रहालय मान्न सकिने अवस्थामा पुगेको छ । सिंगै सहर । भक्तपुर एउटा जिउँदो संग्रहालय हो । जहाँ पर्यटकहरुको आकर्षणको केन्द्र हो । यो वास्तवमा दुनियाँकै मानिस जातिका लागि एउटा आश्चर्यजनक ठाउँ पनि हो । जहाँ आफ्नो मौलिकता, इतिहास, परम्परा, संस्कृति, साहित्य छ । नृत्य, कला छ । सबै आफ्ना छन् । यसै ठाउँबाट शंखधर शाख्वा हुनुहुन्थ्यो।’

उनले भक्तपुर पूरा शहरलाई नै जीवित संग्रहालय मान्न सकिने अवस्थामा पुगेको बताए । प्रधानमन्त्री ओलीले नेपालको संस्कृतिको संरक्षण गर्न सरकार लागिपरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077