Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

सरकारविरुद्ध आलोचना हुनु स्वाभाविक हो, सय दिनमा निकै राम्रा काम भएका छन् : देउवा

सरकारविरुद्ध आलोचना हुनु स्वाभाविक हो, सय दिनमा निकै राम्रा काम भएका छन् : देउवा

शनिवार , कार्तिक १७, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको सय दिनमा निकै राम्रो काम भएको बताएका छन् ।

कांग्रेस भक्तपुरले भक्तपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

उनले लोकतन्त्रमा सरकारका विरुद्ध आलोचना हुनु स्वाभाविक भएको भन्दै सरकारको सय दिनमा निकै राम्रो काम भएको बताए।

सरकारका विषयमा भएका आलोचनालाई मध्यनजर गर्दै आगामी दिनमा अझै राम्रो काम गर्न प्रधानमन्त्रीलाई आफूले सुझाव दिने उनले बताए ।

त्यस्तै सभापति देउवाले एमालेसँगको गठबन्धनमा देशभरका कांग्रेस नेता तथा कार्यकर्ताहरू खुसी रहेको धारणा राखे ।

अहिलेको सरकारलाई पुरा समयसम्म सफल पार्नका लागि आफूले पहल गर्ने उनको भनाइ छ ।

त्यस्तै देउवाले कुनै पनि क्षेत्र समस्या विहीन हुन नसक्ने भन्दै पार्टीभित्र देखिएका समस्याहरू पनि समाधान गर्न लाग्नुपर्ने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077