Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

हङकङ सिक्सेसको क्वाटरफाइनलमा नेपाल श्रीलंकासँग पराजित

हङकङ सिक्सेसको क्वाटरफाइनलमा नेपाल श्रीलंकासँग पराजित

शनिवार , कार्तिक १७, २०८१

काठमाडौं । हङकङमा जारी हङकङ सिक्सेसको क्वाटरफाइनलमा नेपाल श्रीलंकासँग पराजित भएको छ ।

क्वार्टरफाइलनमा श्रीलंकासँग नेपाल ४० रनले पराजित भएको हो।

१२४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित छ ओभरमा ६ विकेट गुमाएर ८३ रन मात्रै बनाउन सक्यो ।

नेपालका लागि रसिद खानले सर्वाधिक ५५ रन बनाए भने नारायण जीसीले १३ रनको योगदान दिए । अन्य कुनै ब्याटरले भने दोहोरो अंक छुन सकेनन् ।

टस जितेर फिल्डिङको निर्णय गरेको नेपालका सबै बलर श्रीलंकासामु निरीह साबित भए । प्रतिश जीसीबाहेक अन्य सबै बलर महँगो साबित भएका थिए ।

६ ओभरको प्रतियोगितामा श्रीलंकाले २ विकेटको नोक्सानीमा १ सय २३ रन बनाएको थियो ।

श्रीलंकाका लागि सन्दुन विराक्कोडीले ५०, कप्तान निहुरु मधुशंकाले अविजित ३१ र लाहिरु समाराकुनले २२ रनको योगदान दिएका थिए ।

नेपालका लागि प्रतीश जीसी र नारायण जोशीले १/१ विकेट लिए ।

यसअघि अस्ट्रेलिया र इंग्ल्यान्डलाई हराउँदै नेपाल समूह विजेता बनेको थियो र क्वाटरफाइनलको यात्रा तय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077