Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

आलोचनाबाट नडराउन प्रधानमन्त्री ओलीलाई देउवाको सुझाव

आलोचनाबाट नडराउन प्रधानमन्त्री ओलीलाई देउवाको सुझाव

शनिवार , कार्तिक १७, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आलोचनाबाट नडराउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।

कांग्रेसले आज भक्तपुरमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सभापति देउवाले यस्तो आग्रह गरेका हुन्।

उनले सरकार अन्य पार्टीले गरेको आलोचनाबाट डराउन नहुने बताए । प्रजातन्त्रमा आलोचनालाई स्वभाविक रुपमा लिन प्रधानमन्त्री ओलीलाई सभापति देउवाले सुझाव दिए।

सभापति देउवाले भने,‘प्रजातन्त्रमा आलोचना हुने स्वभाविक कुरा हो । अरु पार्टीहरुले उहाँलाई आलोचना गरेका छन्, त्यसलाई खराब मान्ने कुरा छैन । आलोचनाहरु पनि गम्भीरताका साथ तथ्यपरक भएर अहिलेको सरकारले ध्यान दिनेछ । यो कुरामा ओलीजीलाई इन्करेज गर्नेछु, उत्साहित गराउनेछु ।’

सभापति देउवाले अहिले संयुक्त सरकार बनेको र यो सरकारप्रति देशभरका पार्टी कार्यकर्ताहरु सन्तुष्ट रहेको बताए ।

यो सरकारलाई पूरा समयसम्मका लागि सफल पार्नका लागि सबै नेता कार्यकर्ताले सहयोग गर्नुपर्ने सभापति देउवाले बताए।

गठबन्धनमा कुनै समस्या आए कांग्रेस त्यसको समाधानका लागि तयार रहेको सभापति देउवाले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077