Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

गाजाको विनाशकारी अवस्थाबारे राष्ट्रसंघको कडा चेतावनी

गाजाको विनाशकारी अवस्थाबारे राष्ट्रसंघको कडा चेतावनी

आइतवार , कार्तिक १८, २०८१

एजेन्सी । उत्तरी गाजामा इजरायलको सैन्य आक्रमण जारी रहँदा संयुक्त राष्ट्रसंघका वरिष्ठ अधिकारीहरूले 'विनाशकारी' अवस्थाको बारेमा कडा चेतावनी जारी गरेका छन् ।

मानवीय मामिलाका लागि कार्यवाहक उप-महासचिव र आपत्कालीन राहत संयोजक जोयस सुया, युनिसेफ, विश्व खाद्य कार्यक्रम र अन्य सहायता संस्थाहरू लगायत संयुक्त राष्ट्रका शीर्ष अधिकारीहरूले हस्ताक्षर गरेको संयुक्त वक्तव्यमा उनीहरूले उत्तरी गाजामा प्यालेस्टिनीहरुले रोग, भोकमरी र हिंसाका कारण मृत्युको जोखिम सामना गरिरहेको बताएका छन्।

अधिकारीहरूले पहुँचमा प्रतिबन्धका कारण आधारभूत आवश्यकताहरूसमेत पूरा गर्न मानवीय सहायता अपर्याप्त रहेको कुरामा जोड दिएका छन्।

उनीहरूले मानवीय जीवन रक्षाका लागि अत्यावश्यक आपूर्तिको अभाव रहेको जनाउँदै व्याप्त असुरक्षाका कारण प्रभावितहरू सम्म सहयता पुग्न नसकेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077