Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

वेष्ट इन्डिजका चाडविकले कर्णाली याक्सबाट एनपीएल खेल्ने

वेष्ट इन्डिजका चाडविकले कर्णाली याक्सबाट एनपीएल खेल्ने

आइतवार , कार्तिक १८, २०८१

काठमाडौं । कर्णाली याक्सलेवेष्ट इन्डिजका पावर हिटर चाडविक वाल्टनलाई टोलीमा अनुबन्ध गरेको छ।

कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)का लागि मोहसिनलाई अनुबन्ध गरेको हो।

कर्णालीले आइतबार विज्ञप्ति जारी गर्दै ३९ वर्षीय दायाँ हाते ब्याटर वाल्टनलाई अनुबन्ध गरिएको जनाएको छ।

वाल्ड एनपीएलमा लागि कर्णाली याक्सलेले भित्र्याएको उनी तेस्रो विदेशी खेलाडी हुन्।

यसअघि नै कर्णालीले पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका ओपनर ब्याटर बाबर हायतलाई अनुबन्ध गरिसकेको छ ।

सन् २०१४ मा अकल्यान्डमा घरेलु टोली न्युजिल्यान्डविरुद्ध टी२० आईमा डेब्यु गरेको वाल्टनले १९ टी-२०आई खेल खेलेका छन् । जसमा उनले २ सय २५ रन बनाएका छन् ।

त्यस्तै, वेष्ट इन्डिजका लागि उनले २ टेष्ट र ९ ओडिआई म्याच पनि खेलेका छन् । अब कर्णालीले १ विदेशी खेलाडी अनुबन्ध गर्न बाँकी छ ।

यस्तै ट्यालेन्ट हन्टबाट १ खेलाडी राख्नुपर्नेछ । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा मंसिर १५ देखि पुस ६ गतेसम्म हुने एनपीएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077