Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

कैलालीबाट जुवा र कौडा खेल्ने २८ जना पक्राउ

कैलालीबाट जुवा र कौडा खेल्ने २८ जना पक्राउ

सोमवार , कार्तिक १९, २०८१

धनगढी । कैलालीमा जुवा र कौडा खेलेको आरोपमा २८ जनालाई पक्राउ गरिएको छ । धनगढी उपमहानगरपालिका(७ गौरीचोकबाट जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीले स्थानीय सुरेश चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोमबार बिहान उनीहरूलाई पक्राउ गरिएको जनाएको छ ।

उनीहरूको साथबाट ८८ हजार दुई सय नगद र दुई गड्डी तास बरामद गरिएको छ । यस्तै, कौडा खेलिरहेको अवस्थामा २० जनालाई पक्राउ गरिएको छ ।

गौरीगंगा नगरपालिका-१ को गोप्कामा भैरव चन्दले सञ्चालन गरेको रोयल फेमली रेष्टुरेन्ट एण्ड बारमा कौडा खेलिरहेका २० जनालाई पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट ६ थान कौडा, ७९ हजार ९११ रूपैयाँ नगद र १८ वटा मोबाइल बरामद गरिएको छ । पक्राउ परेकाहरूलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077